उद्यमीहरुसँग वाणिज्य संघको अन्र्तक्रिया
नुवाकोट जेठ ५, नुवाकोट उद्योग वाणिज्य संघ र शिवपुरी गाउँपालिकाको आयोजना तथा पुर्णिमा कार्यक्रमको सहयोगमा शुक्रबार शिवपुरी गाउँपालिकाको शेराबगरमा निर्माण सम्बन्धी उद्यमीहरुसँग एकदिवसीय अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायीक योजना र लक्ष्य लिए काम गरेमा मात्र सफलता मिल्ने बताए । उनले व्यवसायिक रुपमा उद्योग स्थापना गरेपनि दक्ष जनशक्तिको अभाव भएको भन्दै दक्ष जनशक्ति उत्पादनतर्फ पनि सबैको ध्यान केन्द्रित गर्नुपर्ने बताए । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले योजनाबद्ध रुपमा व्यवसाय छनौट गरेमा व्यवसायमा सफलता मिल्ने उल्लेख गरे । गाउाँपालिका अध्यक्ष थापाले काम गर्छु भन्नेलाई पुजीँको अभाव हुन नदिने प्रतिवद्धता व्यत्त गरे ।
त्यस्तै सो कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले उद्योगहरु दर्ता जिल्लामा मात्र हुने भन्दै सिंहदरबारको अधिकार गाउँगाउँमा भनेपनि त्यसको महसुस जनताले गर्न नसकेको बताए । उनले स्थानिय तहले अझै पनि उद्योग दर्ता गर्ने अधिकार नपाएको भन्दै व्यवसायीहरु सदरमुकाम नै धाउनुपर्ने अवस्था विद्यमान रहेको जानकारी दिए ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेले उद्योग वाणिज्यको क्षेत्रमा किसानहरु एकताबद्ध हुन नसकेको बताए । सो कार्यक्रममा पुर्णिमा कार्यक्रमका उद्यम विकास संयोजक चक्रपाणी तिमल्सिनाले निर्माण क्षेत्रका लघु,साना तथा मझौला उद्यमीहरुको व्यवसाय वृद्धिको लागि कार्यक्रम संचालन गरिएको बताए । उनले स्थानिय तहसँग समन्वय र सहकार्य गरेर गाउँपालिकामा कार्यक्रम संचालन गर्न कार्यक्रम आयोजना गरेको उल्लेख गरे । कार्यक्रममा मेरो माईक्रोफाइनान्सका प्रतिनिधिले बित्तिय साक्षरता सम्बन्धी सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिकाका ४० भन्दा बढी उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया