प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने विषयमा प्रस्ताव प्रस्तुत

विदुर खबर २०७६ जेठ १ गते २:१९

नुवाकोट जेठ १, प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशको स्थायी राजधानी यथाशीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेश गरेका छन ।

Advertisement

उक्त प्रस्तावमाथि नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले सर्मथन गर्नुभएको थियो । बैठकमा कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए ।

बैठकमा शिक्षा, कृषि र स्वास्थ्य समितिका अध्यक्ष घनश्याम दाहालले प्रादेशिक बीउबिजनको व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को आज अपरान्ह २ः०० बजे बस्ने गरी स्थागित गरेका छन । प्रदेशसभाको बुधबार बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ का लागि विभिन्न शीर्षकको बजेटको पूर्वतयारीका लागि छलफल हुने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

Advertisement

प्रतिक्रिया