तालिमपछि व्यवसायिक रुपमा काम गर्ने प्रशिक्षार्थीहरुको भनाई
नुवाकोट जेठ १,गरिव निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत शिवपुरी गाउँपालिका वडा नम्बर ५ र ६ को शेराबगरमा सोमबारदेखि शुरु भएको मौरीपालन सिप विकास तालिममा सहभागी भएकाहरुले एकहप्ताको तालिमपछि व्यवसायिक रुपमा काम गर्ने बताएका छन ।
जिल्ला उद्यम विकास समितिले मंगलबार आयोजना गरेको अवलोकन तथा निरिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिमपछि व्यवसायिक रुपमा काम गर्ने बताएका हुन । तालिममा सहभागी १६ वर्षिया सजिना पोखरेलले मौरी पालन व्यवसायिक रुपमा गरेमा राम्रो आम्दानीको श्रोत हुने भन्दै आफु मौरीपालनतर्फ आर्कषित भएको उनको भनाई छ । भरर्खरै एसईई परिक्षा दिएर बसेकी उनले समयको सदुपयोग तथा व्यवसायिक शिस विकास तालिममार्फत तालिममा छनौट भएकोले आफुले व्यवसायिक योजना अनुसार नै मौरी पालन तालिम लिएको बताइन । त्यस्तै वडा नम्बर ६ का कृषक श्रीकृष्ण थापा समेत कृषीको विकल्पको रुपमा समेत व्यवसायिक मौरीपालन देखिएको भन्दै तालिममा सहभागी भएको बताउँछन । उनले अन्य काम गरेर फुर्सदको समयमा समेत व्यवसायिक मौरी पालनबाट मनग्य आम्दानी गर्न सकिने बताए । त्यस्तै चार वर्षिया छोरी काखमा लिएर तालिममा सहभागी भएकी कल्पना केशीले मौरीपालन तालिमबाट स्वरोजगार बन्न तालिममा सहभागी भएको बताइन । उनले तालिमपछि व्यवसायिक रुपमा काम गर्ने इच्छा रहेको बताइन ।
अनुगमनको क्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जीवन निर्वाह खेती मात्र गरेर नहहुने भन्दै व्यवसायिक प्रायोजनको लागि उत्पादन गर्ने बताए । गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिका मौरी पालनको लागि उपयुत्त रहेको भन्दै गाउँपालिकामा अनुदानको लागि एकसय ५० भन्दा बढी कृषकहरुले मौरी माग गरेको बताए । उनले काम गर्ने व्यक्तिलाई गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्ने भन्दै काम गर्ने ढुढ इच्छाशक्ति र प्रतिवद्धता जनाए सहयोग गर्ने बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले तालिमपछि व्यवसायिक रुपमा काम गरेमा मात्र तालिमले सार्थकता पाउने बताए । उनले उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतले आफुले व्यवसायिक रुपमा हरदम सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी कृष्णप्रसाद पन्थीले एक साताको तालिम कसैको लागि पनि पर्याप्त नभएको भन्दै व्यवसायक सिप विकासको लागि यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले तालिमले आधारभुत तथा व्यवसायिक दुबै शिक्षा दिने भएकोले तालिमको भरपुर सदुपयोग गर्न आग्रह गरे । उनले तालिमपछि गाउँपालिकाले समेत राम्रा प्रशिक्षार्थीहरुलाई अझै अवसर प्रदान गर्ने बताए ।
लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा र जोइन्ट भिजन कन्सल्टेन्सी वालाजुको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको सहयोगमा सिप विकास तालिम संचालन भएको हो । तालिममा महिला र पुरुष गरि १७ जना सहभागी भएको लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाका अध्यक्ष निलनाथ न्यौपानेले जानकारी दिए । सोमबारदेखि शुरु भएको मौरी पालन तालिम आगामी आइतबारसम्म संचालन हुने छ । त्यस्तै लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा र जोइन्ट भिजन कन्सल्टेन्सी वालाजुको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको सहयोगमा नै शिवपुरी गाउँपालिका वडा नम्बर ७ ड्म्रेमा नै सावुन बनाउने तालिम पनि संचालन भइरहेको छ । एकसाता संचालन हुने तालिम आगमी आइतबार ५ गतेसम्म संचालन हुने लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाका अध्यक्ष न्यौपानेले जानकारी दिए । गरिव निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत नुवाकोटको विभिन्न ७ स्थानिय तहमा लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा र जोइन्ट भिजन कन्सल्टेन्सी वालाजुले विभिन्न सिप विकास तालिममार्फत आत्मनिर्भर बनाउने काम गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया