कालिका मावि गेर्खुको ६६ औ वार्षिक उत्सव सम्पन्न

विदुर खबर २०७६ वैशाख ३१ गते ०:२८

नुवाकोट वैशाख ३१,विदुर नगरपालिका वडा नम्बर ११ को गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयको ६६ औ वार्षिक उत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।

Advertisement

विद्यालयले सोमबार एक कार्यक्रम गर्दै ६६ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आयोजना गरेको हो । विद्यालयको वार्षिक उत्सव कार्यक्रममा संघिय सांसद वहादुरसिंह लामाले विद्यालयको भौतिक प्रगति मात्र ठुलो नहुने भन्दै शैक्षिक गुणस्थरमा समेत विद्यालयले ध्यान दिनुपर्ने बताए । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले गाउँको शैक्षिक विकासमा कालिका माविले ठुलो योगदान पुराएको भन्दै त्यसको प्रशंशा व्यक्त गरे । तामाङले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थी कम हुने गरेको भन्दै अभिभावकको माग अनुसारका शैक्षिक कार्यक्रम ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले विद्यालयले आगामी दिनमा गाउँको शैक्षिक विकासमा महत्वपुर्ण योगदान दिने विश्वास व्यक्त गरे । सो कार्यक्रममा रााष्ट्रिय प्रजातन्त्र पार्टी (संयुत्त) का नुवाकोट अध्यक्ष झनक प्याकुरलले जिल्लामा विद्यालयले धेरै शिक्षित व्यक्ति बनाएको भन्दै विद्यालयको सबै मिलेर संरक्षण गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन श्रेष्ठले विद्यालयले भौतिक प्रगतिमा फड्को मारेको भन्दै अवको दिनमा शैक्षिक गुणस्थरमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक पुरुषोतम प्याकुरेलले विद्यालको शैक्षिक अवस्था राम्रो हुँदाहुँदै पनि पछिल्लो वर्षहरुमा विद्यार्थी संख्या घट्न गएको स्वीकारे । उनले आगामी दिनमा स्थानिय तह र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा लोक तथा दोहोरी गायक राजेन्द्र पाठकले सांगितिक प्रस्तुति दिएका थिए ।

Advertisement

प्रतिक्रिया