केराघारी आधारभुत विद्यालयको ३०औ वार्षिकउत्सव सम्पन्न

विदुर खबर २०७६ वैशाख ३१ गते ०:२६

नुवाकोट वैशाख ३१, विदुर नगरपालिका वडा नम्बर १० को माथिल्लो केराघारीमा रहेको केराघारी आधारभुत विद्यालयको ३० औ वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ ।

Advertisement

विद्यालयको वार्षिकउत्सवको अवसरमा शुभकामना दिँदै विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपालले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए । वडाअध्यक्ष नेपालले स्थानिय तहको जनप्रतिनिधि भएको हैसियतले आफुले विद्यालयको सुधारको लागि सबै सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक सम्झना पाण्डेले विद्यालयका आयव्यय प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि आफु लागि परेको बताइन । उनले विद्यालयलाई स्रोत र साधन सम्पन्न बनाउन स्थानिय तह र प्रदेश सरकाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताइन । कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद प्याकुरेल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान तामाङ,विद्यालयका पुर्व प्रध्यानाअध्यापक अष्टमान डंगोल र रामचन्द्र प्राथमिक विद्यालयका रामकृष्ण थापामगरले विद्यालयलाई शैक्षिक केन्द्र बनाउन शिक्षक र अभिभावक एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

Advertisement

प्रतिक्रिया