विकृतीविरुद्ध गेर्खुमा जनचेतनामुलक ¥यालीको आयोजना

विदुर खबर २०७६ वैशाख २८ गते १४:४६

नुवाकोट वैशाख २८,सुखी र समृद्धि समाजको निर्माण गरौ,समाजमा हुने विकृती र बिसंगतीको अन्त्य गरौ भन्ने नाराका साथ शनिवार विदुर नगरपालिका वडा नम्बर ११ को गेर्खुमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

बिदुर नगरपालिका वडा नम्बर ११ र इलाका प्रहरी कार्यालय चोकदेको संयुक्त आयोजनामा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । वडा कार्यालय डाँडागाउँबाट शुरु भएको ¥यालीले वडाको सबै गाउँ परिक्रम गरेको थियो । ¥यालीमा महिला हिंसा अन्त्य गरौ, मानव वेचविखन अन्त्य गरौ, धुम्रमान र मद्यपान बन्द गरौ लगायतको प्ले कार्ड प्रर्दशन गरिएको थियो । वडामा देखिएका विभिन्न विकृती अन्त्यको लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले जानकारी दिए ।

¥यालीमा वडाका प्रतिनिधि,समाजसेबी,बुद्दिजिबी,महिला सन्जाल, आमा समूह ,शिक्षक बिद्यार्थी,इलाका प्रहरी कार्यालय चोगदेका प्रतिनिधि लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया