मेयर कप फुटवल : भरतपुरलाई हराउँदै पोखरा सेमिफाइनलमा
नुवाकोट वैशाख २१, नुवाकोटका जारी अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न खेलमा चितवनको भरतपुर महानगरपालिकालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कास्कीको पोखरा महानगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा दुबै टिमले पहिलो हाफ बराबरी खेलेका थिए । दोस्रो हाफको निकै प्रतिष्पर्धात्मक खेलमा पोखराका लागि जर्सि १२ का विमल रानाले खेलको ४६ औ मिनेटमा शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा एक गोलल पछि परेको भरतपुरले उत्कृष्ट खेल खेल्दै ५० औ मिनेटमा सुरेश कुमालले हेडमार्फत गोल गरी एक÷एक अवस्थामा पुराए । खेलमा दुबै टोलीले पाएको अवसर गुमाउँदा निर्धारित समयमा खेल एक÷एक गोलमा सकियो र अतिरित्त समयतफै धकेलिएको थियो ।
अत्तिरित्त समयमा पोखराका विमल रानाले पेनाल्टि मार्फत गोल गर्दै टोलीलाई २÷१ गोल अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनैपनि गोल हुने सकेन र पोखरा १ का विरुद्ध २ गोलले विजयी भयो । खेलमा पोखराका विमल राना म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५हजार रुपैयाँ हात पारे । अब पोखराले फाइनल प्रवेशको लागि काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकासँग आइतबार प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्र्तगत आज नुवाकोटको विदुर नगरपालीका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच दिउँसो ३ः ३० बजे प्रतिसपर्धा हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया