अन्तर्रा्ष्ट्रिय मजदुर दिवस नुवाकोटमा पनि मनाईयो
नुवाकोट वैशाख १९, एकसय ३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस, नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय परिषदमा आवद्ध विभिन्न श्रमिक संगठनको अगुवाईमा कार्यक्रमको आयोजना गरिएको हो । दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट),नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) र पेशागत महासंघको अगुवाईमा नुवाकोट आर्दश वहुमुखी क्याम्पस बट्टारबाट निस्केको र्याली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले देशको राजनीतिक व्यवस्था परिर्वतन गर्न मजदुर वर्गले ठुलो भुमिका खेलेको बताइन । उनले सरकारले मजदुर वर्गलाई लक्षित गरी रोजगारमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै सबै रोजगारदाता कम्पनीहरुलाई सूचीकृत हुन आग्रह गरिन । त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले सरकारले धेरै खर्च गरेर लागु गरेको सामाजिक सुरक्षा कार्यक्रममा श्रमिक वर्ग नसमेटिन नसक्नु दुखको भएको बताए । उनले सामाजिक सुरक्षाको कार्यक्रम प्रभावकारी रुपमा लागु गरिए सबैको हित हुने उल्लेख गरे ।
त्यस्तै सो कार्यक्रममा पेसागत संगठनका जिल्ला अध्यक्ष टलकमान श्रेष्ठले नेपालको शासनसत्ता परिर्वतन गर्न मजदुर संगठनको धेरै ठुलो भुमिका रहेकोले मजदुर वर्गको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा निजामति कर्मचारी युनियन नुवाकोटका अध्यक्ष निलम भुसाल,नेपाल राष्ट्रिय कर्मचारी संगठनकी पार्वती उफ्रेती,नेपाल निजामति कर्मचारी संगठनका बद्री भण्डारीले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिनुपर्ने बताएका थिए । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइन्छ । सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ भने नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया