अन्तर्रा्ष्ट्रिय मजदुर दिवस नुवाकोटमा पनि मनाईयो

विदुर खबर २०७६ वैशाख १९ गते २:१७

नुवाकोट वैशाख १९, एकसय ३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस, नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

Advertisement

दिवसको अवसरमा ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय परिषदमा आवद्ध विभिन्न श्रमिक संगठनको अगुवाईमा कार्यक्रमको आयोजना गरिएको हो । दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट),नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) र पेशागत महासंघको अगुवाईमा नुवाकोट आर्दश वहुमुखी क्याम्पस बट्टारबाट निस्केको र्याली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले देशको राजनीतिक व्यवस्था परिर्वतन गर्न मजदुर वर्गले ठुलो भुमिका खेलेको बताइन । उनले सरकारले मजदुर वर्गलाई लक्षित गरी रोजगारमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै सबै रोजगारदाता कम्पनीहरुलाई सूचीकृत हुन आग्रह गरिन । त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले सरकारले धेरै खर्च गरेर लागु गरेको सामाजिक सुरक्षा कार्यक्रममा श्रमिक वर्ग नसमेटिन नसक्नु दुखको भएको बताए । उनले सामाजिक सुरक्षाको कार्यक्रम प्रभावकारी रुपमा लागु गरिए सबैको हित हुने उल्लेख गरे ।

Advertisement

त्यस्तै सो कार्यक्रममा पेसागत संगठनका जिल्ला अध्यक्ष टलकमान श्रेष्ठले नेपालको शासनसत्ता परिर्वतन गर्न मजदुर संगठनको धेरै ठुलो भुमिका रहेकोले मजदुर वर्गको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा निजामति कर्मचारी युनियन नुवाकोटका अध्यक्ष निलम भुसाल,नेपाल राष्ट्रिय कर्मचारी संगठनकी पार्वती उफ्रेती,नेपाल निजामति कर्मचारी संगठनका बद्री भण्डारीले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिनुपर्ने बताएका थिए । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइन्छ । सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ भने नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ ।

प्रतिक्रिया