ट्रेड युनियन कांग्रेसद्धारा त्रिशुली अस्पतालका बिरामीलाई फलफुल वितरण

विदुर खबर २०७६ वैशाख १९ गते २:११

नुवाकोट वैशाख १९, एकसय ३० औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले जिल्ला अस्पताल त्रिशुलीका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

Advertisement

बुधबार विहान एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस जिल्ला नुवाकोटका सभापति जगदिशनरसिंह केशीसहितको टोलीले अस्पतालका विरामीलाई फलफुल वितरण गरेको नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्तत्व अन्र्तगत अस्पतालका विरामीलाई फलफुल वितरण गरेको जनाएको छ ।

फलफुल वितरणका कार्यक्रममा जिल्ला सभापति जगदीशनरसिंह केशी, सचिव सुरेन्द्र अधिकारी, प्रवत्ता राजु थापा, नेतृ विन्दा अर्याल, नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष जर्नादन शिलवाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया