भारतमा कम्युनिस्ट राजनीति इतिहासमै बढी संकटमा
बिबिसी– भारतीय राजनीतिमा वामपन्थी विचारधाराले लामो समय मध्यपन्थी र प्रगतिशील प्रवृत्तिलाई सहयोग पुर्याएको थियो । भारतको राजनीतिमा लामो समय प्रभावशाली भएको वामपन्थी राजनीति पहिलोपल्ट संकटमा परिरहेको छ । भारतीय कम्युनिस्ट इतिहासमा पहिलोपल्ट चुनावमा सबैभन्दा बढी मुस्किल सामाना गरिरहेको छ ।
सन् २००४ को चुनावमा कांग्रेसलाई बहुमत प्राप्त भएन । मनमोहन सिंहको नेतृत्वमा सरकार गठनमा अन्य पार्टीका साथै वामपन्थी पार्टीको पनि महत्वपूर्ण भूमिका थियो ।
त्यस समय वामपन्थी पार्टीलाई ५९ सिट हासिल भएको थियो । सन् २००९ को निर्वाचनमा यो घटेर २४ भयो । त्यसपछि २०१४ मा त्यो पनि घटेर १२ मा पुग्यो ।
यसपल्ट भने वामपन्थी दललाई अस्तित्व जोगाउनै संकट पर्ने अवस्था आउने देखिन थालेको छ । उक्त पार्टीले पश्चिम बंगालका ४२ मध्ये ४० र केरलाका २० लोकसभा सिटमा चुनाव लडिरहेको छ । यसबाहेक बिहार, तमिलनाडु, पोरबन्दर र केही प्रान्तमा वामपन्थी उम्मेदवार छन् ।
पश्चिम बंगालमा ३४ वर्षसम्म बामपन्थी दलले सरकार चलाए । जबकी केरलामा कतिपटक पाँच वर्षको अन्तरालमा वामपन्थी सरकारमा आएका थिए ।
पूर्वोत्तर राज्य त्रिपुरमा पनि वामपन्थीहरुकै शासन रहँदै आएको थियो । जहाँ अहिले भाजपाले सरकार चलाइरहेको छ ।
बंगालमा आठ वर्षअघि ममता बनर्जीको तृणमूल कांग्रेसले वामपन्थी पार्टीलाई निकै पछि पारिदिएकी थिइन् । त्यहाँ पनि भाजपा बिस्तारै– बिस्तारै वामपन्थी दलको ठाउँ लिँदै गइरहेको छ ।
डा नन्दनी मुखर्जी दक्षिण कोलकाताबाट वामपन्थी दलकी उम्मेदवार छिन् । उनी भन्छिन्, ‘कम्युनिस्टको पतन १० वर्षअघि बंगालमा आएको राजनीतिक तुफानका कारण भएको हो ।’
उनका अनुसार धेरै राजनीतिक पार्टीहरु अस्तित्वमा आए र विदेशी शक्तिले पनि बंगालमा वामपन्थी सरकारलाई कमजोर बनाउन सहयोग गरे ।
तर, माक्र्सवादी कम्युनिस्ट पार्टीका युवा सांसद रीताबृता बनर्जी कम्युनिस्ट जीवनको यथार्थ मात्रै होइन, परिवर्तित समय र माहोललाई बुझ्न समेत असमर्थ भएको बताउँछिन् । उनी भन्छन्, ‘सबैभन्दा ठूलो समस्या मायन्डसेटको हो । उनीहरु जनताको समस्या बुझ्न सकिरहेका छैनन् । यथार्थबाट पनि टाढिइसकेका छन् । यो सामाजिक सञ्जालको जमाना हो । यदि मोबाइलको प्रयोग गर्नुहुँदैन भनियो भने तपाईं के ठान्नुहुन्छ ?’
तर, कम्युनिस्ट नेता कनीनका बोस यसलाई लिएर धेरै चिन्तित छैनन् । उनलाई वामपन्थी दलको अहिलेको खराब अवस्था अस्थायी मात्रै हो भन्ने लाग्छ । उनी भन्छन्, ‘हाम्रो बुझाइ सही छ । किसानका विषयमा, गरिबका विषयमा र महिलाका हकहितमा आन्दोलनसँग जोडिएको छ । मान्छेहरुले बुझ्नुपर्छ । आज नबुझे पनि भविष्यमा बुझ्नेछन् ।’
अहिलेको चुनावमा वामपन्थी पार्टीका लागि उनीहरुको इतिहासकै सबैभन्दा बढी चुनौती छ । यो चुनाव उनीहरुका लागि हारजितको सबाल होइन । यो देशको चुनावी राजनीतिमा वामपन्थी पार्टीको अस्तित्वको लडाइँ बनिसकेको छ ।
(बिबिसी हिन्दीबाट भावानुवाद)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया