लघुवित्तलाई फोर्स मर्जरमा पठाउँदै राष्ट्र बैंक, ४० वटामा झार्ने योजना

विदुर खबर २०७६ वैशाख १७ गते १:५५

नुवाकोट वैशाख १७, नेपाल राष्ट्र बैैंकले लघुवित्त कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउने तयारी गरेको छ । एकिकृत निर्देशिका मार्फत चुक्ता पुँजी तोकेको राष्ट्र बैंकले सो अनुसार पुँजी कायम गराउन नसक्ने संस्थाहरुलाई फोर्स मर्जरमा पठाउने तयारी गरेको हो ।

Advertisement

राष्ट्र बैंकले एकिकृत निर्देशिका अनुसार पुँजी पुर्याउन नसक्ने लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर जारी र बोनस वितरणमा रोक लगाएको छ । ‘एकिकृत निर्देशिका अनुसार पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई बोनस वितरण र हकप्रद सेयर निष्कासनमा रोक लगाएका छौं, त्यस्ता कम्पनीहरुका सवालमा नयाँ ढंगले सोच्नु पर्ने भएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले  भने । उनले लघुवित्त कम्पनीहरुलाई बलियो र दिगो बनाउनका लागि पुँजी संरचना तोकिएको र त्यो पुरा गर्न नसक्ने कम्पनीलाई हकप्रद र बोनसमा रोक लगाएको स्पष्ट पारे । नेपालमा लघुवित्त कम्पनीहरुको संस्था थेरै भएको टिप्पणी हुँदै आएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा छिमेक लघु वित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र देवकोटाले पनि लघुवित्त कम्पनीहरुलाई हकप्रद र बोनस सेयर वितरणमा रोक लगाईएको बताए ।

‘नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जमा जान प्रेरित गर्ने उदेश्यले हकप्रद सेयर जारी नगर्नु भनेको छ । हामीले पनि त्यसमा सहमति नै दिएका छौं’, अध्यक्ष जोशीले भने । थोरै पुँजीका धेरै संस्था सञ्चालनमा रहेकाले ठुलो पुँजीका थोरै संस्था मार्फत लघुवित्त कम्पनीलाई अघि बढाउन फोर्स मर्जरको नीति अनुसार केन्द्रिय बैंकले त्यस्तो गरेको दावी पनि गरे । उनले नेपाल जस्तो देशमा एक सय वटा लघुवित्त कम्पनीहरु आवश्यक नरहेको पनि स्पष्ट पारे । ‘संख्या तोक्न त मुस्किल नै होला । तै पनि अर्थतन्त्रको आकार र विकासक्रम हेर्दा ३०/४० वटा संस्था भयो भने पुग्छ सायद । त्यति संख्याका लागि भने बजारमा पर्याप्त अवसर छ ।’, जोशीले भने ।

Advertisement

फोर्स मर्जरका विषयमा नेपाल राष्ट्र बैंकसँग निरन्तर सम्वाद भैरहेको र संख्या घटाउनेबारे आफुहरु सकारात्मक नै रहेको उनले बताए ।‘साना पुँजीका संस्था धेरै भए भनेर नै केन्द्रिय बैंकले मर्ज गरेर जाने भन्ने नीति लिएको देखिन्छ । हामी पनि त्यसमा सहमत छौं । मर्ज गरेर जाँदा पुँजी पनि बढ्छ र संस्थाहरु पनि बलियो हुन्छन् ।’ जोशीले भने । उनले नयाँ कम्पनीलाई लाइसेन्स दिने अनि पुराना कम्पनीलाई मर्जरमा पठाउने कुरा केहि अस्वभाविक जस्तै देखिएको टिप्पणी भने गरे । ‘हामीले पनि केन्द्रिय बैंकसँग आफ्नो धारणा राखिरहेका छौं । उहाँहरुका पनि आफ्नै बाध्यताहरु होलान् । त्यसैले आवेदन दिएकाहरुलाई मात्रै लाइसेन्स दिन्छौं भनिरहनु भएको छ । अहिले ९९ वटा सस्था छन् । अब १५ वटा थपिएर ११४ वटा पुग्छन् ।’, जोशीले असन्तुष्ठि पोखे ।

नेपाल राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभाग प्रमुख जनक बहादुर अधिकारीले केहि लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणमा रोक लगाएको स्विकार गरे । तर फोर्स मर्जरबारे पनि ठोस प्रक्रिया अघि नबढेको दावी अधिकारीको छ । तर राष्ट्र बैंक श्रोतले भने केहि लघुवित्त कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउनका लागि फाइल समेत मगाएर अध्ययन थालिसकिएको जनाएको छ । ‘केहि लघुवित्त कम्पनीहरुको फाइल समेत मगाएर अध्ययन अघि बढिसकेको छ, फोर्स मर्जरको तयारी अन्तिम चरणमा पुगेको संकेत पाएका छौं’, राष्ट्र बैंक उच्च श्रोतले भन्यो ।

Advertisement

प्रतिक्रिया