नुवाकोटको त्रिशुलीमा एनआईसी एसिया बैंकको नयाँ शाखा
विदुर खबर
२०७६ वैशाख १३ गते ४:३६

नुवाकोट वैशाख १३,एनआई सी एशिया बैंकले नुवाकोटको त्रिशुलीमा नयाँ शाखा खोलेको छ ।
शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, वडा नं १ का वडाअध्यक्ष लेनिन रन्जित लगायतले गरेका छन । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर शाखा कार्यालयहरु खोल्न सफल भएको बैकले जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया