लागू औषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ वैशाख ८ गते २:०७

नुवाकोट बैशाख ८,  जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको आयोजनामा शनिबार लागू औषध तथा दुव्र्युनीविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कोलनीबाट र्यारली सुरु भई जिल्ला अस्पताल, हात्तिगौंडा हुँदै जिल्ला स्वास्थ्य कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । र्यारलीमा “लागु औषध निषेध गरौँ, लागु औषध सेवन जघन्य अपराध हो, कतै तपाईंको सन्तान गलत संगतमा लागेको त छैन ?, हामी सबैले लागू पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाऔं, लागु औषध सेवनको जीवन किन ?” जस्ता प्लेकार्ड सहितको बिभिन्न जनचेतना मुलक प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगर, विदुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लेनिन रञ्जित लगायतको उपस्थित रहेको थियो ।

Advertisement

प्रतिक्रिया