बट्टारमा न्यु लेभल अप डान्स एकेडेमी संचालनमा

विदुर खबर २०७६ वैशाख ८ गते १:४७

नुवाकोट बैशाख ८, शनिवारबाट बट्टारमा न्यु लेभल अप डान्स एकेडेमी संचालनमा आएको छ ।

Advertisement

एकेडेमीको नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य, डान्सर तथा कोरियोग्राफर शंकर विसी तथा पुजा आचार्यले संयुत्त रुपमा उद्घाटन गरे । एकेडेमीको उद्घाटन कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले पछिल्लो समय युवा पुस्तामाझ नृत्य लोकप्रिय भएकोले यस्ता एकेडेमिले युवाको माग सम्बोधन गर्ने बताइन । उनले यस्ता एकेडेमी जिल्लामा पनि संचालनमा आउनुले जिल्लाको आर्थिक विकासमा टेवा प्ग्ने बताइन ।
त्यस्तै सो कार्यक्रममा डान्सर तथा कोरियोग्राफर शंकर विसीले नृत्यले मानिस स्वथ्य हुने सबैलाई नृत्य गर्न आग्रह गरे ।

जिल्लामा पछिल्लो समय युवापुस्ता नृत्यतर्फ आर्कषित भएको र त्यसलाई सम्बोधन गर्न १२ लाख रुपैयाँभन्दा बढीको लगानीमा एकेडेमी संचालनमा ल्याइएको एकेडेमीकी संचालिका सुस्मिता रिमालले बताइन । आफ्नो एकेडेमीमा जुनसुकै उमेर समुहका मानिसले नृत्य सिक्न उनको भनाई छ । त्यस्तै नृत्य सिक्ने पारखीहरुको लागि आफुहरुको एकेडेमी जिल्लाकै सबैभन्दा उपयुत्त नृत्य विद्यालय रहेको एकेडेमीका अर्का संचालक सुरज नेपालीले बताए । एकेडेमीमा अनुभवी प्राप्त प्रशिक्षबाट नृत्य सिकाउनुको साथै त्यहाँबाट प्रशिक्षण लिएका विद्यार्थीले देशभर मान्यता समेत पाउने संचाकहरुले दाबी गरेका छन ।

Advertisement

प्रतिक्रिया