लिखु गाउँपालिकामा नमुना विद्यार्थी घरदैलो कार्यक्रमको आयोजना

विदुर खबर २०७६ वैशाख ५ गते २:२८

भरत सन्तोषी, लिखु । लिखु गाउँपालिकामा नमुना विद्यार्थी घरदैलो कार्यक्रमको आयोजना गरिएको छ ।

हाम्रो नगर हाम्रो गाउँ,सबै बालबालिकालाई विद्यालय पुराऔ,आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालयमा पढ्न पठाऔ,जस्ता नारा अङ्कित प्ले कार्ड सहित घर घरमा पुग्दा अभिभावकहरुले अत्यन्त हर्ष र चासो दिएको लिखु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरज आर्यालले बताए । पालिकाभित्र हुने यस्ता शैक्षिक कार्यक्रमले सामुदायिक विद्यालयप्रती अभिभावकको रुचि बढ्दै जाने महेन्द्र महेशदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन श्रेष्ठले बताए । लिखु गाउँपालिकामा रहेको १९ वटा सामुदायिक विद्यालयमा झन्डै २ हजार विद्यार्थी अध्ययनरत रहेका छ्न ।

सामुदायिक विलालयमा विद्यार्थी संख्या बढाउन कार्यक्रम आयोजना गरिएको लिखु गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हरिशरण लामिछाने बताए । नमुना घरदैलो कार्यक्रमसँगै यो शैक्षिक सत्रमा २ सयभन्दा बढी नयाँ विद्यार्थी सामुदायिक विद्यालयमा प्रवेश गरिसकेको बताइएको छ । नयाँ शैक्षिकसत्रको सुरुवातमा गरिएको घरदैलो कार्यक्रममा गाउँपालिकाका सबै वडा क्षेत्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको लिखु गाउँपालिकाका श्रोत व्यक्ति महेश्वर पाण्डेले बताए ।

प्रतिक्रिया