छुट अस्थायी करार शिक्षकको आजदेखी चौबीस घण्टे रिले अनशन

विदुर खबर २०७५ चैत २१ गते ०:३८

चैत-२१,काठमाडौ । छुट अस्थायी करार शिक्षकहरुले आज देखि चौबीस घण्टे रिले अनशन गर्ने तयारी गरेका छन।

Advertisement

हिजो बसेको छुट अस्थायी करार शिक्षकको केन्द्रिय संघर्ष समितिको बैठकले उक्त निर्णय गरेको हो।काठमाडौको रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको समितिको बैठकले केन्द्रिय आन्दोलनको लागि ७७ वटै जिल्लाबाट आजदेखी नै हुने धर्ना तथा सडक प्रदर्सनका लागि शिक्षकहरु आउन समेत आव्हान गरेको केन्द्रिय संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले संचारकर्मीहरुलाई जानकारी गराउनुभयो। २०७५ साल असारमा लिईएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा २०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपुर्ण तरिकाले छुट्याइ सौतेनी व्यवहार गरेको आरोप उनीहरुले लगाउदै आएका छ्न।

प्रतिक्रिया