हावाहुरी प्रभावितलाई ताराबहादुर कार्की प्यानलको ५० हजार सहयोग

विदुर खबर २०७५ चैत २० गते १:१९

विदुर । चैत १७ गते बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीका कारण मृत्यु भएका र घाइतेहरुको उपचारको लागि तारा वहादुर कार्की प्यानलको लोकतान्त्रिक पक्षधर व्यवसायीहरुको समुहले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

Advertisement

हावाहुरीबाट प्रभावितहरुको लागि तारावहादुर कार्की प्यानलको लोकतान्त्रिक पक्षधर व्यवसायीहरुको सम्पूर्ण टिमले संकलन गरि ५० हजार रुपैयाँ दिने निर्णय गरेको कार्की प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उठ्नुभएकी गिता अमात्यले बताउनुभयो । त्यस्तै प्रभावितहरुको लागि अझै अािर्थक सहयोग गर्न सबै व्यवसायीहरुलाई आग्रह समेत गरिएको अमात्यले बताउनुभयो । सहयोग रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्वन्धित जिल्लामा पठाइने बताइएको छ ।

बारा र पर्सामा आइतबार राति आएको आँधी, हुरीमा परेर २८ जननाको मृत्यु भएको थियो भने ६ सय भन्दा धेरै घाइते भएका थिए । घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । गम्भीर घाइते ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया