नुवाकोटको बट्टारमा प्रदेश नं ३ स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता शुरु

विदुर खबर २०७५ चैत १९ गते १५:४५

बट्टार। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नं ३ स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता मंगलबारदेखि नुवाकोटको बट्टारमा शुरु भएको छ ।

Advertisement

प्रदेश नं ३ रााष्ट्रिय खेलकुद परिष्दको आयोजनामा शुरु भएको प्रतियोगिामा प्रदेश नं ३ का १३ वट्टै जिल्लाका करिव ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । आठौ रााष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिाको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नं ३ का नेपाल तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले नेपाल र नेपालीलाई विश्वमा चिनाउने एकमात्र खेल तेक्वान्दो रहेको बताए । उनले राष्ट्रले तेक्वान्दो खेलको सम्मान गर्न नसकेको भन्दै दुखेसो समेत पोखे । त्यस्तै रााष्ट्रिय खेलकुद परिषद प्रदेश नं ३ का संयोजक आशिष नेपालले निर्वाचन क्षेत्रदेखि जिल्ला र प्रदेश हुँदै खेलाडी छनोट भएकोले प्रतियोगिताबाट रााष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी हुने विश्वास लिए । कार्यक्रममा बोल्दै नुवाकोट तेक्वान्दो संघका अध्यक्ष सुमन अधिकारीले नुवाकोटमा निरन्तर तेक्वान्दोको खेल भइरहेकोले जिल्लामा अर्काे संगिना वैद्य जन्मेको हेर्ने चाहेको बताए । अधिकारीले नुवाकोट खेलकुदको उर्बर भुमी रहेको भन्दै तेक्वान्दो खेलले नेपाललाई विश्वमा चिनाउन सफल भएको बताए ।

यसअघि प्रतियोगिताको उद्घाट गर्दै प्रदेश नं ३ का सांसद केशव पाण्डेले खेलकुदमार्फत देशको नाम विश्वमा चिनाउन खेलाडीहरुले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । कार्यक्रममा वेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल,जिल्ला खेलकसद विकास समतिका अध्यक्ष वृद्धि प्रधान, विदुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष शनि चित्रकार, नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठक, नेपाल तेक्वान्दो संघकी सहकायक प्रमुख प्रशिक्षक संगिना वैध लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता चैत्र १९ देखि २१ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले प्रदेश नं ५ को नेपालगन्जमा हुने आठौ रााष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउनेछन ।

Advertisement

प्रतिक्रिया