गल्छी–स्याफ्रुबेंसी सडक ११ दिन बन्द नहुने

विदुर खबर २०७४ फागुन १७ गते १७:३९

नुवाकोट । सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ ।

नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजनाले पक्षले जनाएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको छ ।

सडक स्तरोन्ततिका लागि यही फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा लगाइएकामा हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँंवरले जानकारी दिए ।

विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार राष्ट्रिय गौरवका रुपमा शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम छ महिना थपसहित गरी २७ महिना (२०७५ फागुन ५) मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । उक्त सडकको कार्यप्रगति गत माघ मसान्तसम्म आर्थिकतर्फ २१.३ र प्राविधिकतर्फ १४.३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए । रासस

प्रतिक्रिया