प्रदेश नम्बर ३ रेडक्रसको महाधिवेशन हेटौंडामा हुँदै

विदुर खबर २०७५ चैत ४ गते १३:१२

नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ३ को महाधिवेशन चैत २९ र ३० गते हेटौंडामा हुने भएको छ ।

Advertisement

शनिवार काभ्रेमा बसेको प्रदेश समितिको बैठले उक्त निर्णय गरेको हो । नेपाल रेडक्रसले नयाँ संरचना र नयाँ बिधानको अभ्यास एकै पटक गर्दै छ  ।

महाधिवेशनमा रेडक्रसको भुमिका आगामी दिनमा लिने रणनीति तथा नीति कार्यक्रम पारित गरिने नेपाल रेडक्रस सोसाइटी प्रदेश सयोजक कृष्णगोपाल लगेजुले बताउनुभयो । महाधिवेशनले अध्यक्ष उपाध्यक्ष महासचिव उपमहासचिव कोषाध्यक्ष र ७ सदस्य सहित १२ सदस्यीय प्रदेश समिति दुई बर्षको लागि निर्वाचित गर्ने नेपाल रेडक्रस सोसाइटी प्रदेश सचीव रामजी पौडेलले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया