नुवाकोटको लामाटारमा बेमौसमी तरकारी खेती तालिम सम्पन्न
विदुर खबर
२०७५ चैत २ गते १४:४०
विदुर÷ वाणी चुडी महिला बहुउद्देश्यीय सहकारीको आयोजना तथा विदुर नगरपालिकाको आर्थिक सहयोगमा ५ दिने बेमौसमी तरकारी खेती तालिम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै भुमि अधिकार तथा श्रमिक किसान संघका केन्द्रीय सचिव यमकुमार खातीले निर्वाह मुखी कृषि उत्पादनले प्रगति नहुने प्रमाणित भएसकेको बताए । उहाँले बैज्ञानिक कृषि प्रणाली अनुसार अनुसार लाग्न सकेमात्र तालिमको सार्थकता रहने बताए । कार्यक्रममा ककनी गाउँ कार्यपालिका वडा नं ७ का वडा अध्यक्ष पुष्कर बोगटी विदुर नगर कार्यपालिकाका नायब सुब्बा गायत्री प्याकुरेल र खिन्चेत सहकारीका उपाध्यक्ष चन्द्रबहादुर खड्काले तालिमले कृषकहरुको क्षमता वृद्धि हुने बताउनु भएको सहकारीका सचिव सावित्री बोगटीले जानकारी दिनुभयो । तालिममा ३८ कृषकहरको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया