रसुवामा निर्माणधिन मैलुङ खोला जलविद्युतको साढे सात लाख कित्ता आईपिओ आउने

रसुवाको डाडागाउँमा निर्माणधिन मैलुङ खोला जलविद्युत आयोजनाले सर्वसाधारणको लागि ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ निष्काशन गर्ने भएको छ ।
मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको ७ लाख ३६ हजार २८६ कित्ता आईपिओलाई उक्त रेटिङ्ग दिएको हो । यसले कम्पनीको वित्तीय अवस्था खराब रहेको जनाउछ ।
कम्पनीको आइपिओलाई खराब रेटिङ्ग पाएपनि शेयर निष्काशन गर्न भने पाउनेछ । धितोपत्र बोर्डले केहि समय अघि खराब रेटिङ्ग पाएका कम्पनीहरुले आईपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेको छ ।
तर त्यस अघि नै स्थानीय आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरीसकेको कम्पनीलाई भने त्यो व्यवस्था लागु नहुने जनाएको छ । त्यस अनुसार मैलुङ खोला जुविद्युत कमपनीले भने सर्वसाधारणलाई शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाउने निश्चित छ । यस भन्दा अघि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई शेयर निष्काशन गर्नुभन्दा अगाडि ग्रेड ४ रेटिङ्ग पाएको थियो । कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्न फेरी रेटिङ्ग गर्दा खराब रेटिङ्ग पाएको हो । कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भईसकेको छ । आयोजनाके विद्युत उत्पादन क्ष्मता ६ मेघावाट रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया