म्यागङ गाउँपालिकाद्वारा पत्रकार देबकोटा सम्मानित

विदुर खबर २०७५ फागुन २७ गते १५:२२

बिदुर । नुवाकोटको म्यागङ गाउँपालिकाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा उत्तरगया दैनिकका प्रकाशक एवं कार्यकारी सम्पादक शिव देबकोटालाई सम्मानित गरेको छ ।

Advertisement

सोमबार म्यागङको देउरालीस्थित गाउँ कार्यपालिकाको कार्यालय परिसरमा आयोजित एक बिशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा, गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष शान्ति लामा र प्रमुख प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनाले पत्रकार देवकोटालाई कदरपत्र सहित सम्मान गरेका छन् । पत्रकार देवकोटालाई म्यागङ गाउँपालिकाका गतिबिधिहरु नियमित रुपमा प्रकाशन गरी जनताको सूचनाको हकको समेत प्रबद्र्धन गरेको र स्थानीय तहलाई पारदर्शी र सुशासनयुक्त बनाउन सहयोग पु¥याएका कारण सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।

बिगत २१ बर्ष देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल देवकोटा नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिक, नुवाकोट जागरण साप्ताहिक र नुवाकोट टाईम्स डटकमका प्रकाशक र कार्यकारी सम्पादक हुन् ।

Advertisement

प्रतिक्रिया