प्रदेश नं ३ महिला फुटवलमा नुवाकोट तेस्रो

विदुर खबर २०७५ फागुन २१ गते १४:२४

नुवाकोट, प्रदेश नं ३ स्तरीय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटवलमा नुवाकोटको महिला फुटवल टोली तेस्रो भएको छ ।

Advertisement

सिन्धुपाल्चोकमा फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा नुवाकाटे चेलीले मंगलबार चितवनलाई २ का विरुद्ध शुन्य गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेका हुन । नुवाकोटको तर्फबाट यमुना मगरले पहिलो हाफको १६ मिनेटमा पेनाल्टि मार्फत गोल नुवाकोटलाई एकम गोलको अग्रता दिलाइन । चितवनका खेलाडीले नुवाकोटका खेलाडीलाई डिबक्सभित्र लडाएपछि नुवाकोटले पेनाल्टि पाएको थियो । त्यस्तै खेलको दोस्रो हाफको ११ मिनेटमा नुवाकोटकि अस्मिता राईले गोल गर्दै नुवाकोटको अग्रता दोब्बर पारिन । त्यसपछि खेलमा कुनैपनि गोल भएन र नुवाकोट शुन्यका विरुद्ध २ गोलले विजयी भयो ।

प्रतिक्रिया