मेरो माइक्रोफाइनान्सको हकप्रद खुल्यो

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले फागुन १९ गते आइतबारदेखि एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको हो। माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो। यसअनुसार माघ २३ गते बुधबारसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन्। यस कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट चैत २४ गतेसम्म आवेदन दिन सकिने छ।
हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ। माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा रहेको छ। गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्त्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव धितोपत्र बोर्डबाट माघ १४ गते स्वीकृत भएको थियो। फागुन १५ गते बुधबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ५८७ रुपैयाँमा कारोबार भएको छ । राष्ट्रिय स्तरको लघुवित्तले आफ्नो सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार गर्न हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया