नुवाकोटमा स्थानिय सरकार र मेलमिलाप अभियान सँगसँगै

विदुर खबर २०७५ फागुन १९ गते १२:४८
सिता राम पौडेल

सिता राम पौडेल, मानिसको फाटेको मन सिलाएर जिवन बिताउने अस्पतालकोे रुपमा स्थापित सामुदायिक मेलमिलाप केन्द्र प्रभाबकारी रुपमा अगाडी बढाउनको निम्ती “ दिगो शान्तिका लागि उन्नत सम्बन्ध ” भन्ने मूल नारा रहेको प्राकृतिक श्रोत द्वन्द्व रुपानतरण केन्न्द्र, नेपालद्धारा यस नुवाकोट जिल्लाका १२ वटै स्थानिय तहमा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Advertisement

हरेक विवादमा सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तथा उच्च तालिम प्राप्त मेलमिलापकर्ताहरुको परिचालनबाट देवानि प्रकृतिका विवादहरु नेपालको कानुन सम्वत रहेर मेलमिलाप गराउने अभियान क्रियाशिल रहेको छ । हालसम्म यस जिल्लामा ८७ मेलमिलाप केन्द्र गठन भई बिभिन्न विवादमा मेलमिलाप भई दिगो शान्तिमा टेवा पूगेको छ । नुवाकोटमा भएका केहि गतिबिधिहरुको संक्षिप्त रुप यसरी उल्लेख गर्न सकिन्छ । जिल्लाभर उत्पादित सामुदायिक मेलमिलापकर्ता र सामुदायिक मेलमिलाप कार्यक्रमले साच्चै नै समाजमा दिगो शान्ति स्थापना गर्नमा ठुलो टेवा पुग्ने छ । यसरी स्थानिय तहसंग समन्वय गरेर कार्यक्रम अगाडी बढाउने सन्दर्भमा गाउँपालिका र नगपालिकासंग समन्वय गरेर कार्यक्रम संचालन गर्न सकियो भने कार्यक्रमको थप प्रभाबकारीता बढ्नेछ भन्ने हेतुले सबै स्थानीय तह संग मिलेर सहकार्य गरी बिभिन्न कार्यक्रम गरिरहेका छौं ।

मेलमिलाप अभियानलाई सार्थक र दिगो वनाउनको लागी सञ्चार जगतको महत्वपूर्ण भुमिका रहेकोले विभिन्न छापा, रेडियो, टेलिभिजन र अनलाईन खवर तथा सामाजिक सञ्जाल मार्फत संस्थाद्धारा सञ्चालित गतिविधिलाई जनतामाझ पु¥याउन योगदान दिनुहुने सम्भब भए सम्मका आदरणीय जिल्ला तथा राष्ट्रिय स्तरका संचारकर्मी महानुभाबहरुलाई बिभिन्न कार्यक्रममा आमन्त्रण गर्ने गरेका छौं । कार्यक्रमलाई समेटी छापामा प्रकाशित केही सामाग्रीहरु यस प्रकार रहेका छन् ।
बिबाद समाधानको अबस्थासमुदायमा सृजित विवाद सामुदायिक मेलमिलाप केन्द्रद्धारा समाधान गराउने क्रममा नुवाकोट जील्लामा यस वर्ष स्थानिय तहगत रुपमा दर्ता भई समाधान भएका विवादहरुको संख्या ३ सय ८० रहेका छन । नुवाकोटमा मेलमिलाप अभियानलाई सार्थक प्रभावकारी वनाउन विभिन्न गाउँ तथा नगरपालिकाले अभियानको निम्ती रकम विनियोजन गरी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ । जसमध्ये लिखु गाउँपालिकाले मेलमिलाप केन्द्र व्यवस्थापनको लागी गाउपालिका अन्र्तगतका सवै वडाहरुमा व्यवस्थित मेलमिलाप केन्द्रको स्थापना तथा मेलमिलापकर्ताहरुलाई पोशाक झोला र विवाद समाधान गरेवापत थप रकम प्रदान गर्दै आइरहेको छ । पञ्कन्या, दुप्चेश्वर, म्यागङ र तारकेश्वर गाउँपालिकाले समेत केन्द्र व्यवस्थापन तथा मेलमिलापकर्ताको लागी आवश्यक सहयोग उपलव्ध गराउँदै आईरहेको छ । मेलमिलापकर्ताको सुचिकरणको लागी सुर्यगढी, शिवपुरी र किश्पाङ वाहेक सवै स्थानिय तहहरुमा सम्पन्न भएको र सुचिकृत मेलमिलापकर्ताहरुलाई परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न भईसकेका छन् । साथै संस्थाद्धारा सञ्चालित विभिन्न गतिविधिमा सहकार्य र समन्वयकारी भुमिका विभिन्न स्थानिय तह तथा वडाहरुले गर्दै आईरहेका छन् ।

Advertisement

मेलमिलापकर्ता लाई तालिम प्रदान र केन्द्र गठन
२०७२ सालको महाभुकम्प पश्चात नुवाकोट जिल्लामा संस्थाद्धारा सञ्चालित मेलमिलाप कार्यक्रम अन्र्तगत मेलमिलापकर्ता उत्पादनको निम्ती साविकका ६२ स्थानिय निकायमा रहेका ७०३ जना लाई आठ दिवसिय आधारभुत मेलमिलाप तालिम र ६५० जना मेलमिलापकर्ताहलाई उच्च तालिम प्रदान गरिएकोमा यस वर्ष ९८ जनालाई आधारभुत मेलमिलाप तालिम प्रदान गरिएको छ । नुवाकोट जिल्लामा हालसम्म ८०१ जनालाई आधारभुत मेलमिलाप सम्वन्धि तालिम प्रदान गरिएको छ । समुदायमा रहेका क्रियासिल मेलमिलापकर्ताहरुलाई सुचिकृत गरि सक्रिय मेलमिलापकर्ता पहिचान तथा पुर्नताजकी तालिम तथा आधारभुत मेलमिलाप तालिम सञ्चालनको लााग्ी विभिन्न स्थानिय तहहरुले रकम विनियोजन गरी कार्यक्रम सञ्चलन गर्ने योजना वनाएका छन । स्थानिय तहको सहयोगमा नुवाकोटका ककनी गाउँपालिका वडा नंं १ वाहेक ८७ वटा वडाहरुमा मेलमिलाप केन्द्र गठन भई कार्य आरम्भ गरिसकेका छन । ककनी १ मा मेलमिलापकर्ता नभएको हुनाले केन्द्र स्थापना हुन सकेको छैन ।

अभियान सँगै सामाजिक कार्यमा सँस्थाको गतिबिधि
प्राकृतिक सा्रोत द्धन्द रुपान्तरण केन्द्रले मेलमिलाप अभियान सँगसँगै नुवाकोट जिल्लामा विभिन्न समयमा सामाजिक क्रियाकलापमा सकेत महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको छ । जस अनुसार २०७५ साल वैशाख २३ गते विश्व हाँसो दिवसको अवसर पारेर रक्तदान जीवनदान भन्ने मुल नाराका साथ तारकेश्वर गाउँपालिकाको सहकार्यमा रत्तदान कार्यक्रम सञ्चालन गरिएको छ । त्यसैगरी २०७५ असोज २४ गते ६३ औं प्रहरी दिवसको उपलक्ष्यमा अयोजित रक्तदन कार्यक्रममा पनि महत्वपूर्ण सहयोग पु¥याएको थियो । त्यस्तैगरी २०७५ पौष ६ र ७ गते हिन्दु तथा वौद्ध धर्मावलम्विहरुको आस्था एवं विश्वासको धरोहरको रुपमा रहेको धार्मिक एवं पर्यटकिय दुप्चेश्वर मेलामा प्रचारप्रसार अभियान सञ्चालन गरि मेलमिलाप अभियानको वारेमा जानकारी गराईएको थियो । त्यस्तैगरी २०७५ फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने श्रीमद्यभागवत महापुराण महायज्ञ तथा संस्कृत विश्वविद्यालय निर्माणको लाग्ी संस्थाका कर्मचारी तथा मेलमिलापकर्ताहरुद्धारा संकलित रु. २७,५०० सहयोग स्वरुप प्रदान गर्दै सामाजिक तथा धार्मिक कार्यमा समेत हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सहयोग पु¥याउँदै आएका छौ ।

Advertisement

तसर्थ नुवाकोट जील्लाको मेलमिलाप अभियानलाई सार्थकता तुल्याउन स्थानिय सरकार सरोकारवाला संघ संस्था स्थानिय प्रहरी संस्थाको अभियानसँग सम्वन्धित महानुभावहरुको साथ सहयोग र सहकार्य महत्वपूर्ण रहने कुरा अभियान सञ्चालन भएदेखि हालसम्मको अवधिमा हामीले महसुस गरेका छौं ।

लेखक पौडेल प्राकृतिक श्रोत तथा द्धन्द रुपान्तरण केन्द्र नेपाल नुवाकोटका कार्यक्रम संयोजक हुन ।

प्रतिक्रिया