संचारमाध्यममा आएका समाचार गलत: अनेरास्ववियु नुवाकोट

विदुर खबर २०७५ फागुन १३ गते १०:१८

नुवाकोट,नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३३ औ वार्षिकउत्सवको अवसरमा भएको घटनामा आफुनो कुनैपनि संलग्नता नरहेको अनेरास्ववियु नुवाकोटले जनाएको छ ।

Advertisement

अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णुहरी रिमालले सोमबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसमा भएको घटनामा आफ्नो विद्यार्थी संगठनको कुनैपनि संलग्नता नरहेको दाबी गरेका छन । अध्यक्ष रिमालले आफ्ना विद्यार्थीलाई नेपाल विद्यार्थी संगठनका कार्यकर्ताले आक्रमणको प्रयास गरेको र त्यसको प्रतिकार मात्र गरेको बताएका छन । उनले विज्ञप्तीमार्फत केही संचारमाध्यमले कलेजमा भएको घटनामा आफ्नो विद्यार्थी संगठनको नाम मुछेको भन्दै आपत्ति समेत जनाएका छन । यसअघि क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा आइतबार केही विद्यार्थी संगठनहरुले मञ्चमा उत्रिएर क्याम्पस व्यवस्थापन र प्रशासनको विरोध नाराबाजी र हुलहुज्जत गरेका थिए ।

त्यसक्रममा समाचारका लागि गएका उत्तरगया दैनिकका समाचारदाता तथा नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सदस्य सरोज गिरीलाई केही विद्यार्थीहरुले हातपात गरी उनको मोबाईल फुटाईदिएका थिए । त्यसक्रमा एकपक्षीय रुपमा तस्विर खिचेको भन्दै गिरीलाई हातपात र दुर्व्यवहार भएको समाचार उत्तरगया दैनिकले आइतबारको अंकमा समाचार प्रकाशित गरेको छ ।

Advertisement

प्रतिक्रिया