कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डा. गैरे निर्विरोध निर्वाचित

विदुर खबर २०७५ माघ ७ गते १३:०६

Advertisement

विदुर÷कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा तरकारी जोन नुवाकोटका कार्यलय प्रमुख डा. कमलराज गैरे निर्विरोध निर्वाचित भएका छन ।

शनिबार सम्पन्न केन्द्रको साधारणसभाले डा. गैरेको नेतृत्वमा १३ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा जलस्रोत तथा डिभिजन सिंचाईका हरिप्रसाद गुरागाई रहेका छन भने सचिवमा नेपाल टेलिकमका पुष्प लोहनी, सहचविमा त्रिशुली थ्रि एका दिपेन्द्र कुमार श्रेष्ठ रहेका भने कोषध्यक्षमा कृषि विकास बैक लिमिटेडकि आस्था श्रेष्ठ चुनिएकी छिन ।
त्यस्तै सदस्यहरुमा प्रभु बैक लिमिटेडका दिपक सिंखडा,लिखु गाउँपालिकाका सुरज अर्याल, जिल्ला मालपोत कार्यलयका नारायण श्रेष्ठ,शसस्त्र प्रहरी बलका अमृत दुलाल,त्रिशुली अस्पतालकी निमित्त मेशु देवकी खतिवडा,जिल्ला प्रशासन कार्यलयका रमेशजङ पाण्डे,नुवाकोट वितरण केन्द्रका राजनप्रसाद प्याकुरेल र डिभिजन बन कार्यलयका राजकुमार यादव रहेका छन ।

Advertisement

प्रतिक्रिया