गाडि र हेलिकप्टरपछि राष्ट्रपतिलाई अबौं रुपियाँ खर्चेर अति सुविधासम्पन्न निवास बनाइँदै
विदुर खबर
२०७५ माघ ७ गते १२:५४
काठमाडौँ । सरकारले राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ ।
यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु योजनाअन्तर्गत राष्ट्रपतिको लागि कार्यालय र आवासका लागि सबै खाले सुविधा भएको भवन बन्नेछ,’ प्रधानमन्त्री कार्यालयले प्रहरी प्रतिष्ठान र राष्ट्रपति कार्यालयलाई बोधार्थ पठाएको पत्रमा भनिएको छ ।
राष्ट्रपति परिसरमा प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा गाभिनेछ । यसअघि नै प्रतिष्ठानको ४१ रोपनी जग्गा राष्ट्रपति भवनअन्तर्गत ल्याइसकेको थियो । अब उक्त कम्पाउन्ड साढे तीन सय रोपनीभन्दा बढीको हुनेछ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया