सरकारविरुद्ध तरुण दलले घोषणा गर्यो सातै प्रदेशमा विरोध कार्यक्रम
विदुर खबर
२०७५ पुष २८ गते १३:०९
काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारको विरोधमा सातै प्रदेशका राजधानीमा र्याली गर्ने भएको छ।
तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत सरकारको अधिनायकवादी चरित्र, भ्रस्टाचार, महङ्गी, मूल्यवृद्धि, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा र्याली तथा सभा गर्ने जानकारी दिए।
कार्यक्रम माघ ८ देखि १४ गतेसम्म हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। महासचिव शाहीका अनुसार माघ १४ गते प्रदेश १ को विराटनगर, ९ गते प्रदेश २ को जनकपुर, १० गते प्रदेश ३ को हेटौंडा, ११ गते गण्डकी प्रदेशको पोखरा, १२ गते प्रदेश ५ को भैरहवा, १३ कर्णाली प्रदेशको सुर्खेत र १४ गते सदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने तय भएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया