विवेकशील साझा पार्टी फुट्यो

विदुर खबर २०७५ पुष २७ गते १२:५४

नुवाकोट- पछिल्लो समय विवादमा रहेको विवेकशील साझा पार्टी फुटेको छ।

केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए। त्यसपछि पार्टीभित्रको मदभेद सतहमा आएको हो।

‘सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै सीमित थोरै नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति। दल भित्रका सदस्यहलाई जिम्मेवारी दिन चरम हिच्किचाहट वा डर वा अनुदारताले दल हराएको जस्तो देखिएको,’ प्रतिवेदनमा भनिएको छ।

थापाले दलले होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनमा चासो कम देखिएको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, डरको राजनीति हाबी भएको लगायतका बुँदामा रही पार्टीका समस्याका जडहरु केलाएका थिए।

पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको एक नेताले बताए। रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।

Advertisement

प्रतिक्रिया