शिवपुरीको शेराबगरमा एकिकृत घुम्ती शिविरमा सेवा लिनेको भिड

विदुर खबर २०७५ पुष २७ गते ९:२६

शेराबगर÷जिल्ला प्रशासन कार्यालय नुवाकोटले शिवपुरी गाउपालिकाको शेराबगरमा शुक्रबार शुरु गरेको दुईदिने एकिकृत घुम्ती शिविरमा सेवा लिनेको भिड लागेको छ ।

Advertisement

जिल्लाको सदरमुकाम बिदुरबाट प्रबाह गरिने सेवासुबिधा गाउघरमा नै प्राप्त भएपछि शिवपुरीबासी हर्षित भएका छन । प्रत्येक जिल्लाको ४ ओटा स्थानीयतहमा एकिकृत घुम्ती शिबिर सञ्चालन गर्ने नेपाल सरकारको निती र गृहमन्त्रालयले दिएको निर्देशन अनुरुप गाउँपालिकाको शेराबगरमा घुम्ती शिबिर सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यलयले किस्पाङ गाउँपालिकाको काउलेमा गत ४ र ५ गते घुम्ती शिविर संचालन गरेको थियो ।

Advertisement

प्रतिक्रिया