अपर तामाकोशीको शेयर सूचिकृत हुँदै

विदुर खबर २०७५ पुष २२ गते ३:४७

काठमाडौं। तीन चरणमा आईपीओ जारी गरेर बाँडफाँट समेत भइसकेको अपर तामाकोशी आयोजनाको शेयर सूचीकरणको अन्तिम चरणमा रहेको कम्पनीले बताएको छ ।

Advertisement

डीएस एन्ड क्लीयरिङ लिमिटेडको स्वीकृतिपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणका लागि निवेदन दिइएको कम्पनीका सचिव राम सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अबको केही दिनमै शेयर सूचीकरण हुनेछ । सूचीकरणपछि ३ वर्षदेखि लगानी गरिबसेका कर्मचारीको सहित शेयर कारोबारमा आउनेछ । आयोजनाको शेयर पहिलो चरणमा कर्मचारीका लागि २०७२ जेठ २९ गते जारी गरिएको थियो ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारी ९नेपाल विद्युत् प्राधिकरण र कोषका बाहेक०लाई १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता, ऋण दिने संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीलाई ३० लाख ४९ हजार ९ सय २० कित्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार ५ सय ६० कित्ता गरी कुल २ करोड ५४ लाख १६ हजार कित्ता शेयर विक्री गरेको थियो ।

Advertisement

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थानीय बासिन्दाको साथ र सहयोगका कारण यसै वर्षको अन्त्यसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको बताए । ८ लाखभन्दा बढी लगानीकर्ता रहेको कम्पनीले आगामी ३ वर्षभित्र लाभांश दिने समेत उनले घोषणा गरेका छन् । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण सहित नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोष संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको निर्माणाधिन ४ सय ५६ मेगावाटको जलविद्युत् आयोजना तामाकोशी नदीमा अवस्थित छ । ६ वर्षे निर्माण अवधि रहेको यस आयोजना निर्माण अवधिको ब्याज सहितको लागत ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार पुग्ने अनुमान गरिएको छ । भूकम्पले आयोजनाका केही भौतिक संरचनामा समेत क्षति पुगेको थियो । त्यसपछि नयाँ संरचना बनाउनुपर्ने भएकाले लागत बढ्ने अनुमान कम्पनीको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया