नुवाकोटको छुट अस्थायी करार शिक्षकको भेला सम्पन्न
नुवाकोटको छुट अस्थायी करार शिक्षकको भेला सम्पन्न भएको छ।
नुवाकोट छुट अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समितिको आव्हानमा आज सम्पन्न नुवाकोट भेलाले नौ सदस्यीय छुट अस्थायी संघर्ष तदर्थ समिति गठन गरेको छ। भेलाले भरतसन्तोषी लामालाई नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समिति नुवाकोटको अध्यक्षमा चयन गरेकोछ भने छुट अस्थायी करार संघर्ष समिति नुवाकोटको बरिष्ठ उपाध्यक्षमा रामशरण रिमाल,उपाध्यक्षमा ज्ञानेन्द्र तिवारी,सदस्यहरुमा मनोज कार्की,समीर तामाङ,बिमला थापा,अनिता लामिछाने लगायत रहनुभएको केन्द्रिय समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार पौडेलले जानकारी दिनुभयो।
विदुर नगरपालिकाको संचारचोक स्थित पृथ्वी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भेलाले स्थानीय तहगत छुट करार शिक्षक संयोजक पनि चयन गरेको छ।
भेलामा बोल्दै केन्द्रिय छुट करार संघर्ष समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार पौडेलले अब सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षा बाट बिमुख गराएर सौतेनी ब्यवहार गरेकोले आम शिक्षकहरु एक जुट हुनुपर्ने बताउनुभयो।कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षा बाट बिमुख एक सय पचास करार शिक्षकलाई उपस्थिती रहेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया