११ बर्षदेखि आमाबाबुसँग पनि नभेटेकी बिष्णु माँझी खोज्न थाल्यो प्रहरी

विदुर खबर २०७५ पुष २० गते १४:५४

काठमाडौं । प्रहरीले ११ बर्षदेखि गुप्तबासमा रहेकी चर्चित लोक दोहरी गायिका बिष्णु माँझीको खोजि कार्य सुरु गरेको छ ।

Advertisement

११ बर्षदेखि आमा बाबुसँग पनि भेट नगरेकी बिष्णु माँझी अहिले कहाँ छन् ? नत आमा बाुबलाई थाहा छ न त प्रशासनलाई । विष्णु माँझीको गुप्तवास स्वच्छिक हो की बाध्यात्मक ? यस्ता बिषयको खोजि प्रहरीले गरेको छ । स्याङजा जिल्ला प्रशासन कार्यालयले गायिका माँझीको खोजि कार्य सुरु गरेको हो ।लोक तथा दोहारीका क्षेत्रमा बिष्णु माँझी देशकै पहिलो स्थानमा रहेकी गायिका हुन् । उनको गुप्तबासले दर्जनौ प्रश्न उठाएको छ । चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले नेपाली समाजमा चर्चित छन् । उनी नेपालकै महँगो पारिश्रमिक लिने कलाकार हुन् ।

करिब ११ वर्षअघि गायक सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएकी भूमिगत हल्ला चलेको थियो । तर त्योभन्दा पहिले सुन्दरमणी विवाहित थिए । सुन्दरमणिले नै बन्धक बनाएको हल्ला पनि बजारमा चल्ने गरेको थियो । लामो समयदेखि उनी सार्वजनिक स्थलमा देखा नपरपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले खोजि कार्य सुरु गरेका छन् । विष्णुका माइती र घरपक्षसँग प्रहरीले बुझन थालेको छ । खोजिका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार पनि गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया