एयरबस काण्डमा तीन मन्त्री दोषी ठहर, को जान्छ जेल ?

विदुर खबर २०७५ पुष १८ गते ४:३५

Advertisement

नेपाल वायुसेवा निगमका लागि एयर बस खरिद प्रकरणमा बहालावाला पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री दोषी ठहर भएका छन् । सो प्रकरणमा बहालावाला पर्यटनमन्त्री अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र जीवनबहादुर शाही दोषी ठहर भएका छन् भने नेपाल बायु सेवाका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी ठहर भएका छ ।

निगमले दुई वटा जहाज खरिद प्रक्रियामा २ अर्ब ३६ करोड भन्दा भ्रष्टाचार भएको ठहर गरी उपसमितिले लेखा समितिमा प्रतिबेदन दिएको छ ।

Advertisement

एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार राति तयार गरेको प्रतिबेदनमा उनीहरुलाई दोषी ठहर गरिएको छ । प्रतिबेदनमा खरिद प्रक्रियामा संलग्न सचिवहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको छ ।

कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न उपसमितिको सिफारिस गरेकोले मुख्य दोषी उनैलाई बनाईने संभावना बढेको छ । गलत काम गरे वापत कंसाकारले जेल सजाय समेत भोग्नुपर्ने संभावना बढेको छ । यसो भन्दैमा वर्तमान पर्यटनमन्त्री अधिकारी, पूर्व मन्त्रीहरु देव र शाही पनि कम्ता दोषी नभएको बताईन्छ । यस काण्डमा पर्यटन सचिव र अन्य उच्च अधिकारीहरु पनि तानिएका छन् ।

Advertisement

पर्यटन मन्त्रालयका सचिवहरू महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी, अर्थ मन्त्रालयका तत्कालीन सहसचिवहरू  जीवनप्रसाद सिटौला, सुरेश आचार्य शिशिरकुमार ढुंगाना, सूर्यप्रसाद आचार्य तथा बायुसेवा संचालक समिति सदस्यहरु निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, टेकनाथ आचार्य, बुद्धिसागर लामिछाने, अच्युतराज पहाडी पनि छानविनको धेरामा तानिने भएका छन् । लेखा समितिले समितिको प्रतिबेदन पारित गरेपछि यस काण्डको अब अख्तियारल छानविन गर्ने र दोषी उपर मुद्धा चल्ने प्रक्रिया शुरु हुनसक्छ ।

प्रतिक्रिया