यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बंैक जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । प्राधिकरणले कम्पनीसँग ११ असोज २०७३ मा १२ जेठ २०७६मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।
‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का टोडिएको हो’,ओझाले भन्नुभयो । ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिँदै आगामी मे भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताउनुभयो । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो

काठमाडौं,समयमा काम नगरेपछि विद्य्त् प्राधिकरणले न्यू खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइनको ठेक्का तोड्यो, अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बंैक जमानत पनि जफत










नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया