वेत्रावतिको उत्तरगयाधाम परिसरमा सरसफाई गरियो
विदुर खबर
२०७५ पुष १४ गते १३:५१

बेत्रावति। आगामी पौष २१ गते पौषे औशीमा लाग्ने नुवाकोटको विदुर नगरपालिका वडा नं १० वेत्रावतिस्थित उत्तरगयाधाम परिसर आज सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रम अन्र्तगत वारिपारि तर्ने फड्को र अस्थाई शौचालयको समेत निर्माण गरिएको विदुर नगरपालिकाका अध्यक्ष गणेश कुमार नेपालले बताए ।
श्रीनाथ गण नुवाकोटबाट सहसेनानी विधुत कुमार बस्नेतको नेतृत्वमा ४५ जनाको नेपाली सेनाको टोलिको सहयोगमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा विदुर नगरपालिका वडा नं १० का अध्यक्ष गणेश कुमार नेपाल र स्थानिय युवाहरुको उपस्थित रहेको थियो । उत्तरगयाधाममा प्रत्येक वर्ष कुशै औशी र पौषे औशीमा मेला लाग्ने गर्दछ ।
सम्बन्धित
प्रतिक्रिया