रेडक्रस खड्गभञ्याङ उपशाखाको अध्यक्षमा हरिप्रसाद अर्याल निर्विरोध निर्वाचित

विदुर खबर २०७५ पुष १४ गते १२:३०

विदुर÷नेपाल रेडक्रस सोसाइटी खड्गभञ्याङ उपशाखाको अध्यक्षमा हरिप्रसाद अर्याल सहिद सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन ।
शनिबार भएको खड्गभञ्याङ उपशाखाको अधिवेशनबाट अर्यालको नेतृत्वमा १० सदस्यीय कमिटि निर्वीरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

Advertisement

अधिबेशनबाट शाखाको सदस्यहरुमा माधवप्रसाद लामिछाने,मुस्यलाल श्रेष्ठ,भवानीदेवी रिमाल,सदिक्षा चित्रकार,प्रकाश रिमाल चयन भएका छन यस्तै अन्य सदस्यहरुमा राजेन्द्र ढुङ्गेल, दुर्गाप्रसाद ढुङगेल, इन्द्र पूसाद अधिकारी र नवराज अर्याल निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष अर्यालले बताउनुभयो । अध्यक्षमा निर्विरोध निर्वाचित भएका अर्यालले आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी खड्गभञ्याङ उपशाखालाई त्रियाशिल बनाई निरन्तर सामाजिक काममा सक्रिए गराउने बताउनुभयो ।

प्रतिक्रिया