शिवपुरीमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन
नुवाकोट।शिवपुरी गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सम्मिलित पालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको छ ।
महासंघको अध्यक्षमा हरी दुलाल, उपाध्यक्षमा जयराम तामाङ, सचिवमा शावित्री रिजाल र कोषाध्यक्षमा इश्वर पाण्डे चयन भएका छन् । महासंघलाई २१ सदस्यीय बनाइएको छ । गाउँपालिकाका अध्यक्ष रामकृण थापाले गुणस्तरीय शिक्षा प्रवाह गर्न गाउँपालिकाले निति नै बनाएर कार्यान्वयनमा लागिरहेकोले यस समितिले थप सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभएको छ । उहाँले शैक्षिक गतिविधिलाइृ अगाडी बढाउदा सामुदायिक विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गर्ने बताउनुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले स्थानीय तहमा समिति गठन गर्दै आइरहेको छ । महासंघले गुणस्तरीय शिक्षा प्रवाह गर्न सकिने उपायहरुको खोजी, विद्यालय सञ्चालन गरिराख्दा विद्यालय व्यवस्थापन समितिले झेल्नुपर्ने समस्यालाई न्यूनिकरण गर्ने तरिका लगायतको विषयमा आवाज उठाउदै आइरहेको महासंघका जिल्ला अध्यक्ष भाग्यश्री लामाले बताउनुभएको छ । स्थानीय तहसँग सहकार्य गरेर महासंघ शैक्षिक गथिविधिमा संलग्न हुदै आइरहेको उहाँले बताउनुभएको छ । अहिलेसम्म जिल्लाको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा समिति गठन गरिएको महासंघका सचिव शेरबहादुर तामाङले बताउनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया