प्रदेश नं ३ को राजधानी कायम नहुँदा अन्योल बढ्यो,प्रदेश सांसद नै अन्योलमा

प्रदेश नं ३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् ।
समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सञ्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता दिने विषयमा प्रदेश सांसद र स्थानीय प्रतिनिधिबीच स्पष्टताको समस्या देखिएको छ ।
दशैँलगत्तै अस्थायी मुकाम हेटौँडालाई परिवर्तन गरी यस प्रदेशअन्तर्गतका १३ जिल्लामध्ये सबैलाई सुविधा हुने गरी उपयुक्त स्थानमा राजधानीको टुङ्गो लगाउने सहमति र समझदारी जनप्रतिनिधिबीच भएको थियो । प्रदेश राजधानीका लागि सुगमता र हावापानीका दृष्टिकोणले काभ्रे, नुवाकोट, धादिङ र चितवनलाई उपयुक्त स्थानका रूपमा पाइएको थियो ।
प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले चालू आवका लागि नीति तथा कार्यक्रमका साथै बजेट सार्वजनिक भइसकेकाले ती कार्यक्रम र बजेट कार्यान्वयनका लागि तत्काल मुकाम परिवर्तन नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य वसन्त मानन्धरले काठमाडौँ उपत्यकाका साथै हेटौँडामा विगतमा यातायात, सञ्चार, औद्योगिक क्षेत्रको विकास भएका कारण वैज्ञानिक अध्ययन गरी राजधानी तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजधानी तोक्न तथा त्यसको नामाकरणमा भइरहेको ढिलाइले स्थानीय समस्या ओझेलमा पर्ने गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले राजधानी घोषणा गरी नामाकरण छिटो छरितो भएमा त्यस स्थानको इतिहास, साँस्कृतिक पक्ष, परम्परासहित स्थानीय वस्तुको उत्पादन र बजारीकरणमा थप सहजता आउने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै





प्रतिक्रिया