शिवपुरीका विकाश बुढाथोकी सालकको खपटा सहित पक्राउ
विदुर खबर
२०७५ पुष १० गते २:२५

शिवपुरीका गाउँपालिका-४ घर भएका २४ वर्षीय विकाश बुढाथोकीलाई दुर्लभ वन्यजन्तु सालकको खपटा १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिकामा केही व्यक्तिले दुर्लभ वन्यजन्तु सालकको खपटा ओसार पसार गर्दैछन् भन्ने महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई शंकास्पद अवस्थामा हिँडिरहेका बुढाथोकीलाई खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकले वेरिएको अवस्थामा उक्त खपटा सहित फेला पारी पक्राउ गरेको हो ।
बुढाथोकीलाई प्रहरीले आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया