मेयर पण्डितको गाडी चढ्ने पैसा सडक र खानेपानीमा

विदुर, विदुर नगरपालिकाको मेयरलाई सवारी साधन खरिदको लागि विनियोजित रकम खानेपानी आयोजना र सडक निर्माणमा रकमान्तर भएको छ ।
विदुर नगरपालिकाको तेश्रो नगरसभाबाट पारित चालु आर्थिक वर्षको सवारी साधन खरिद शिर्षकको बजेट आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी पचास लाख रुपैयाँ खानेपानीमा विनियोजन भएको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितका अनुसार ‘डिप बोरिङ्ग’ गरेर २० हजार घनमिटर पानी संकलन गरि नगरवासीलाई वितरण गरिनेछ ।
त्यस्तै, आँपघारी चौतारो सडक मर्मतको लागि सवारी साधन खरिदका लागि विनियोजित रकमबाटै रकमान्तर भएको छ । त्यसमा पन्ध्र लाख रुपैयाँ रहेको र उत्तः रकम पुँजिगत कार्यक्रममा रकमान्तर गरी योजना कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख पण्डितले बताए । खानेपानी आयोजना अन्र्तगत १०÷१० लाखको घनमिटर ट्याङ्की २ वटा सञ्चालन गरिने छ । त्यसबाट विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५ र ६ का नागरिकहरु लाभान्वित हुने छन् । उक्त योजना अन्र्तगत २२ सय धारा निर्माण हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया