मेयर पण्डितको गाडी चढ्ने पैसा सडक र खानेपानीमा

विदुर खबर २०७५ पुष ९ गते १४:१४

विदुर, विदुर नगरपालिकाको मेयरलाई सवारी साधन खरिदको लागि विनियोजित रकम खानेपानी आयोजना र सडक निर्माणमा रकमान्तर भएको छ ।

Advertisement

विदुर नगरपालिकाको तेश्रो नगरसभाबाट पारित चालु आर्थिक वर्षको सवारी साधन खरिद शिर्षकको बजेट आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी पचास लाख रुपैयाँ खानेपानीमा विनियोजन भएको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितका अनुसार ‘डिप बोरिङ्ग’ गरेर २० हजार घनमिटर पानी संकलन गरि नगरवासीलाई वितरण गरिनेछ ।

त्यस्तै, आँपघारी चौतारो सडक मर्मतको लागि सवारी साधन खरिदका लागि विनियोजित रकमबाटै रकमान्तर भएको छ । त्यसमा पन्ध्र लाख रुपैयाँ रहेको र उत्तः रकम पुँजिगत कार्यक्रममा रकमान्तर गरी योजना कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख पण्डितले बताए । खानेपानी आयोजना अन्र्तगत १०÷१० लाखको घनमिटर ट्याङ्की २ वटा सञ्चालन गरिने छ । त्यसबाट विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५ र ६ का नागरिकहरु लाभान्वित हुने छन् । उक्त योजना अन्र्तगत २२ सय धारा निर्माण हुने बताइएको छ ।

Advertisement

प्रतिक्रिया