परियोजना बैंक कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पौडेल

विदुर खबर २०७५ पुष ९ गते ७:१३

प्रदेश  नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनको चरणमा लैजाने बताएका छन् ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबारआयोजित छलफलमा उनले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनालाई परियोजना बैंकमा राखेर मात्र प्रक्रिया अगाडि बढाइने बताए।

योजना बेग्ला बेग्लै आफूखुशी आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समावेश योजनालाई प्राथामिकतामा राखिने उल्लेख गरे ।

Advertisement

“व्यक्तिगत इच्छाबाट आउने योजनालाई निरुत्साहित गर्दै संस्थागत योजना कार्यान्वयनमा परियोजना बैंकको भूमिका महत्वपूर्ण हुनेछ,” उनले भने । चालू आर्थिक वर्षका योजना शुरु भइसकेकाले आगामी आर्थिक वर्षमा परियोजना बैंकका योजना कार्यान्वयनमा लैजाने प्रदेश सरकारको तयारी छ ।

चालू आवभित्र नै परियोजना बैंक निर्माण गरी लागू गर्नेगरी तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिए । बैंकको स्थापनापछि व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक आवश्यकका आधारमा छनोट गर्ने र कार्यान्वनका चरणमा लैजाने सरकारले योजना अगाडि सारेको छ ।

Advertisement

परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तीब्रता दिन लागिएको हो ।

बैंकको पहिलो चरणको खाका तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केवल भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्तुत गरिसकेका छन् ।

प्रतिक्रिया