छिमेक लघुवित्त वेत्रावती शाखाको वित्तीय साक्षरता तथा अभिावक भेला सम्पन्न

विदुर खबर २०७५ पुष ६ गते ५:२७

वेत्रावति । छिमेक लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय, वेत्रावती नुवाकोटको आयोजनामा संस्थामा आवद्ध सदस्य तथा सदस्यका अभिभावकलाई वित्तिय कार्यक्रमको बारेमा साक्षर बनाउने उद्देश्यले अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ ।

Advertisement

पौष २ गतेदेखी ५ गत सम्म सञ्चालन भएको ४ दिने अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सोमबार विदुर नगरपालिका १३ स्थित कागुनेकोे कालिका प्रा.विमा.र मंगलबार विदुर नगरपालिका ५ स्थित च्वाडी स्कुलमा सम्पन्न भएको छ ।

सोमबार र मंगलबारको भेलामा ८६ जना सदस्य तथा अभिभावकको सहभागीता रहेको थियो । भेलामा केद्रिय कार्यालयबाट उपस्थित अनुगमन प्रमुख सुनिता तिम्सीनाले कर्जा, शंकरराज जोशीले बचत र बुधराम महत्तोले संस्थाको सेवा सुविधा र शाखा प्रबन्धक भानुभक्त आचार्यले वित्तीय साक्षरताको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Advertisement

२०७३ साल फागुन १ गते बाट संचालनमा आएको शाखाले १६ सय ८ जना सदस्य माझमा १ करोड ३६ लाख ९२ हजार बचत संकलन तथा १ करोड ४६ लाख १५ हजार कर्जा लगानी गरिएको र विगत १ वर्षभित्रमा १० जना सदस्य तथा अभिभावकको मृत्युहुदा ७५ हजार ५ सय रुपैयाको दरले सहयोगको गर्दै आएको छ । साथै १०२ जना सदस्य सुत्केरि हुदा जनही २ हजारका दरले २ लाख ४ हजार रुपैया सहयोग प्रदान गरेको र आर्थिक बर्ष २०७४÷०७५ मा सदस्यलाई सिपमुलक तथा आयमुलक तालिम प्रदान गरिएको संस्थाले जनाएकोे छ ।

अबको प्रशिक्षण क्रमशः बुधबार बोगटीथोकमा र बिहिबार मालाकोटमा हुने तय भएको कार्यक्रम संयोजक मेलिना कोइरालाले जानकारी दिनुभएको छ । चुक्ता पुँजी एक अर्व रहेको संस्थाले ६७ जिल्लामा १ सय ३४ शाखा कार्यालय तथा ६८ डिजिटल प्वाइन्टमार्फत ३ लाख ५८ हजार विपन्न घरपरिवारलाई वित्तिय सेवा दिदैं आएको छ ।

Advertisement

प्रतिक्रिया