मन्त्रीहरुको दाेहाेराे सुविधाबारे नेकपाकाे स्थायी समिति बैठकमा चर्चा,सञ्चारमाध्यम विरूद्ध मन्त्रीहरू आक्रोशित

विदुर खबर २०७५ पुष ५ गते १०:०९

सरकारका मन्त्रीहरुले आफुहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन् । इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् ।

Advertisement

उनीहरुले मन्त्रीका लागि दिईने सुविधा अनुसार सरकारको नियम भित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र सञ्चारमाध्यमलाई आग्रह गरे ।धुम्बराहीमा विहिबार बसेको नेकपाको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आफुले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे ।

उनले मन्त्रीकाबारे अनर्गल प्रचावाजीमा नलाग्न सञ्चारजगतलाई आग्रह पनि गरे । बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे ।

Advertisement

त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफुले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौति दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको,स्वकीय सचिवलाई गैह्रकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।

Advertisement

प्रतिक्रिया