प्रेमलीलाको ‘मिस गरे’ सार्वजानिक (भिडियो)

विदुर खबर २०७५ पुष ३ गते १९:२७

फिल्म ‘प्रेम लीला’ को दोस्रो गीत सार्वजानिक भएको छ । गीतमा फिल्मका दुई कलाकार दीपशिखा खड्का र मौसम खड्का फिचर्ड छन् । अन्तर्देशीय प्रेमकथा देखाइएको फिल्मको सार्वजनिक गीतको बोल ‘मिस गरे…’ रहेको छ । यसमा डाक्टर कृष्णहरी बरालको शब्द , हरि लम्सालको संगीत तथा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ ।

Advertisement

गीतमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा दीपशिखा र मौसमसँगै भारतीय मोडल अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको ?पनि अभिनय छ । नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् भने यसलाई जनक पाण्डेले निर्देशन गरेका छन् ।

प्रतिक्रिया