प्रेमलीलाको ‘मिस गरे’ सार्वजानिक (भिडियो)
विदुर खबर
२०७५ पुष ३ गते १९:२७
फिल्म ‘प्रेम लीला’ को दोस्रो गीत सार्वजानिक भएको छ । गीतमा फिल्मका दुई कलाकार दीपशिखा खड्का र मौसम खड्का फिचर्ड छन् । अन्तर्देशीय प्रेमकथा देखाइएको फिल्मको सार्वजनिक गीतको बोल ‘मिस गरे…’ रहेको छ । यसमा डाक्टर कृष्णहरी बरालको शब्द , हरि लम्सालको संगीत तथा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ ।
गीतमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा दीपशिखा र मौसमसँगै भारतीय मोडल अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको ?पनि अभिनय छ । नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् भने यसलाई जनक पाण्डेले निर्देशन गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया