सान्जेन जलविद्युतको पुस २० मा एजीएम, ९१ करोड २५ लाखको आइपीओ आउँदै

विदुर खबर २०७५ मंसिर २६ गते १३:४५

सान्जेन जलविद्युतको आठौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ ।

Advertisement

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा प्रस्तुत गर्दैछ । सभामा आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । 
 त्यस्तै, आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि हुनेछ । साधारण सभा स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदैछ ।

कम्पनीले सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो । यसमा सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्नेछ ।

Advertisement

प्रतिक्रिया