लाइसेन्स बनाउन झन कठिन, विभाग भन्छ कोटा सकिएपछि आवेदन नै बन्द

विदुर खबर २०७५ मंसिर २५ गते ३:००

काठमाडौं ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमति–पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदनमा कोटा प्रणाली लागू गरेको छ । विभागले देशैभरिबाट एकदिनमा सात हजार आवेदकले मात्रै आवेदन दिनसक्ने गरी सीमित कोटा प्रणाली लागू गरेको हो । 

Advertisement

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले कार्यालयको क्षमताअनुसार कोटा तोकेर सीमित समयका लागि मात्रै आवेदन दिनसक्ने व्यवस्था गरिएको बताए ।

‘हामीले साउन दोस्रो सातादेखि भदौ मसान्तसम्म खुलाएको आवेदनमा पनि कोटा प्रणाली लागू गरेका थियौँ । सो समयमा निर्धारित कोटा भरिएपछि बन्द भएको प्रक्रिया पुनः खुलाएका हौँ ।’ प्रबक्ता उपाध्यायले मेरोअटोसँग भने ।

Advertisement

उनका अनुसार यो पटक आवेदन दिन नपाउनेले अर्काेपटक पालो पाउने छन् ।

 एक साता नसकिँदै महिनाभरको कोटा सकिने हुँदा सेवाग्राहीले अर्कोपटक आवेदन खुल्ने मिति कुर्नुपर्ने हुन्छ । 

Advertisement

विभागले लामो समयपछि लाइसेन्सको आवेदन खुल्ला गरे पनि निश्चित कोटाको कारण सेवाग्राही मर्कामा परेका छन् । गत भदौ महिना खुलाएको आवेदनको कोटा पनि एक साताभित्रै सकिएपछि थुप्रै सेवाग्राहीले फर्म भर्न पाएका थिएनन् । अहिले पनि सोही समस्या दोहोरिने पक्का भैसकेको छ ।

विभागले आइतबारबाट बुधबार आवेदन संकलनको काम गरिरहेको छ भने उपत्यकामा चारवटा यातायात कार्यालयमा ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ । हाल विभागको काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, काठमाडौंमा ठूलो भर्याङ्, सुकेधारा र ललितपुरको एकान्तकुना गरी चारवटा कार्यालयहरूबाट टायल परीक्षा दिन सकिनेछ । 

विभागले यी चारवटै कार्यालयमा ‘ए’ बाइक र ‘के’ स्कुटरका लागि दैनिक तीन सय तथा ‘बी’ कार र जीपका लागि दुई सय कोटा छुट्याउने गरेको छ । 

विभागले २४ सै घन्टा अनलाइनमार्फत् आवेदन फर्म भर्न सकिने बताए तापनि कोटाको कारण अधिकांशले आवेदन दिन नपाएको गुनासो गरेका छन् । एक साता नसकिँदै महिनाभरको कोटा सकिने हुँदा सेवाग्राहीले अर्कोपटक आवेदन खुल्ने मिति कुर्नुपर्ने हुन्छ । गत भदौमा आवेदन दिन नपाएका सेवाग्राहीले करिब दुई महिनापछिमात्रै फर्म भर्ने अवसर पाएका थिए । 

प्रवक्ता उपाध्यायले कोटा निर्धारण गरे तापनि उक्त समयभित्र आवेदन दिन सकिने भन्दै यो पटक फाराम भर्न नपाउनेको लागि अर्काेपटक आवेदन खुलाउने जवाफ दिएका छन् । 

यससँगै विभागले लाइसेन्सको लागि नयाँ आवेदन खुलाए तापनि ट्रायल उत्तीर्ण गरेका ६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । उनीहरूले लाइसेन्स कुरेर बसेको झन्डै एक वर्ष पुगिसकेको छ । 

लाइसेन्स छाप्न जिम्मेवारी पाएको मालिका इन्–कर्पोरेटले भने अहिलेसम्म जम्मा–जम्मी ७० हजारप्रति लाइसेन्स छापेको जानाएको छ । 

प्रतिक्रिया