पराजुलीलाई महाअभियोग नलगाए अनसन बस्ने डा. केसीको चेतावनी
१६ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग लगाउन माग गरेका छन् । नभए आमरण अनसन बस्ने उनको चेतावनी छ ।
पराजुलीविरुद्ध आन्दोलन गर्दै आएका डा. केसी र अभिवक्ता ओमप्रकाश अर्यालले शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले सूचना नदिने व्यहोरासहितको पत्र थमाउन खोजेको डा. केसीको आरोप छ ।
उनले भनेका छन्, ‘यसले हामीले माग गरेको उहाँको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ । यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने छौं ।’
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी गरेको भ्रष्टाचार, माफियागिरी गरेको भन्दै उनलाई पदमुक्त गराई छाड्ने बताएका छन् ।
पराजुलीले राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने उनको माग छ । नभए सत्याग्रहसहितका कडा कदम चाल्ने डा. केसीको चेतावनी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया